Logo

इन्टरनेट नभएपनि च्याट गर्न र फोटो पठाउने मिल्ने गज्जबकाे एप



कखरा संवाददाता


३ पुस, एजेन्सी । यदि तपाईंको क्षेत्रमा इन्टरनेट सुविधा छैन भने पनि अब तपाईंले च्याट गर्न पाउनुहुने भएको छ । च्याटमात्र नभएर तस्बिरहरु पठाउनको लागि पनि अब इन्टरनेट नचाहिने भएको छ । एउटा एप्लिकेसनमार्फत यो सबै कुरा सम्भव भएको हो, जसको नाम फायर च्याट हो ।

यो एप्लिकेसनमलाई एकदमै दमदार कम्युनिकेशन एप पनि भन्ने गरिएको छ । खासमा यो एप वाइफाइ डाइरेक्ट वा ब्लुटुथको माध्यमबाट चलाउन सकिने कम्पनीले जनाएको छ । यो एपमा इन्टरनेटमा जस्तो टाढा–टाढा च्याट गर्न भने मिल्ने छैन । २ सय फिट आसपासको क्षेत्रमा यस एपको प्रयोग गरेर च्याटसँगै तस्बिर पनि आदनप्रदान गर्न मिल्छ । यसलाई इन्टरनेट भएको वा नभएको दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

यो खुल्ला नेटवर्क च्याटिङ भएकोले यसमा गरिएको च्याटहरु सुरक्षित भने नहुन पनि सक्छ । यसबाट गरिएको च्याटहरु लिक हुनसक्ने सम्भावना बढी हुने एप निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्