Logo

ज्ञानेन्द्रलाई पारसको बधाई



कखरा संवाददाता


३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले अहिलेका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । बुधबार पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गरेपनि पारसले ज्ञानेन्द्रलाई बधाई दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै पारसले लेखेका छन्, ‘वाह १ क्या इनिङ्स, पोखरा प्रिमियर लिगको पहिलो शतक, राम्रो खेल ज्ञानेन्द्र ।’ पारसले बधाई दिएसँगै अन्य फ्यानहरुले पनि ज्ञानेन्द्रलाई बधाई दिएका छन् ।

पीपीएलमा काठमाडौं गोल्डेन वारियर्सका कप्तानसमेत रहेका उनले एक्पर्ट धनगढी विरुद्ध शतक प्रहार गरेका हुन् । ३८ बलको सामना गरेका उनले ८ चौका र ९ छक्काको मद्दतले १ सय रन बनाएका हुन् । उनको शतकमा काठमाडौंले धनगढीसमक्ष १ सय ८५ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेटिएपछि काठमाडौंले खेल १ सय ६ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्