Logo

राजनीतिमा नयाँ ट्वीस्ट, नेकपा र राजपाबीच अचानक यस्तो सहमति !



कखरा संवाददाता


३ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएर बसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच नयाँ सहमति भएको छ ।

आज भएको सहमति अनुसार राष्ट्रिय सभा चुनावमा दुई दलबीच सहकार्य हुने भएको छ । २ बुँदे सहमतिमा प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्टिैय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ ।

त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । दुई पार्टीबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमति भएको हो ।

सहमतिपत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
नेकपासँग राजपाले सहमति गरेपछि राष्ट्रिय सभा चुनावमा काँग्रेस समस्यामा पर्ने भएको छ । यो सहमतिले राजपा सरकारमा समेत सहभागी हुनसक्ने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्