Logo

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक



कखरा संवाददाता


३ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार पुस १७ देखि मतदाता नामावली प्रकाशनबाट सुरु गरी माघ ९ गते मतदान गर्ने तोकिएको छ ।

उम्मेदवारी दर्ताको समय पुष २० गतेका लागि तोकिएको आयोगले जनाएको छ । पुष २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको कार्यतालिका छ ।

त्यसपछि माघ ९ गते १८ सदस्यका लागि निर्वाचन हुनेछ । राष्ट्रियसभाका ५९ मध्ये १९ सदस्यको पदावधि फागुन २० गतेदेखि सकिँदैछ । २ वर्षे कार्यकाल सकेर विदा हुन लागेका १९ मध्ये राष्ट्रपतिबाट मनोनित भएका अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाको स्थानमा राष्ट्रपतिबाटै मनोनित गरी पदपूर्ती गरिनेछ ।

पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्