Logo

करोड स्वाहा ! अमेरिकी विमान चार्टर गरी नेपाल फिर्ता



कखरा संवाददाता


३ पुस, काठमाडौं । अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकी विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।

उनीहरु रुकुम, दाङ, बागलुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । तर, घर जान उनीहरुसँग बसभाडासमेत थिएन । प्रहरीले नै उनीहरुलाई बसभाडा दिएर घर पठाएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरुको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो ।

प्रतिक्रिया दिनुहोस्