Logo

एकै रात तीनजनालाई करणी !



कखरा संवाददाता


३ पुस, काठमाडौं । एक रातमा तीन जना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् ।

मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई करणी प्रयास गरेका थिए । पति नभएको महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी सुमित खड्काले बताउनुभयो ।

उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिला र अर्की ४५ वर्षीय एक महिलालाई करणी प्रयास गरेका थिए । सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्