Logo

प्रेमिका प्रयोग गरी असईले गरे बलात्कार मुद्दाको बार्गेनिङ



कखरा संवाददाता


३ पुस, काठमाडौं । ६० लाख घुस मागेको आरोपमा पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीको सम्बन्धमा नयाँ तथ्य खुलेको छ । केसीले आफ्नै प्रेमिकाको प्रयोग गरी बलात्कार मुद्दामा मोटो रकम बार्गेनिङ गरेको तथ्य खुलेको हो ।

असई केसीकी प्रेमिका भनिएकी युवतीको उजुरीका आधारमा ललितपुर प्रहरी ३ कात्तिकमा बलात्कारको आरोपमा सन्देश शर्मा पोखरल र ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको थियो ।

बहालवाला असईले नै युवती प्रयोग गरेर बलात्कार अभियोग लगाउने र मुद्दा फिर्ता लिने भन्दै मोटो रकम माग गरेको खुलेपछि घटनाले नयाँ मोड लिएको प्र्रहरी स्रोतको भनाइ छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्