Logo

आमिर खानकी छोरी इराको ‘मादक’ ‘फोटोसुट



कखरा संवाददाता


२ पुस, एजेन्सी । अभिनेता आमिर खानकी छोरी इरा खानले इन्स्टाग्राममा आफ्नो फोटोसुटका फोटो पोस्ट गरेकी छन् । यो फोटोसुटमा उनको ग्ल्यामरस लुक सार्वजनिक भएका छन्। उनले फोटोमा ब्याकलेस गाउन लगाएकी छन्। उनले फोटोको व्याप्सन ‘ह्वाट अ भिउ’ अर्थात्, ‘क्या दृश्य छ’ लेखेकी छन् ।

२१ वर्षकी इराको फोटोसुट दर्शकले धेरै मन पराएका छन्। उनको फोटोको धेरै तारिफ गरिएको छ । धेरैले उनलाई अभिनेत्री बन्ने सल्लाह दिएका छन्। तर इरा पर्दा पछाडि नै खुशी रहेको बताउँछिन् ।

इराले ‘यूरिपाइड्स मेडिया’ नामको नाटक निर्माण गरेकी छन्। यसको प्रदर्शन भारतको धेरैओटा शहरमा हुँदैछ । उनी निर्देशक भएको यो पहिलो नाटक हो। यसको प्लट ग्रीक माइथोलोजीबाट भएको छ । यसमा धेरैजसो वियोगका कथाहरु छन्। यो प्लेको प्रिमियर यही डिसेम्बरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्