Logo

पूर्व सांसद ढुंगेलको निधन



कखरा संवाददाता


२ पुस, काठमाडौं । पूर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ। नेपाली कांग्रेसका भक्तपुरका नेतासमेत रहेका संविधानसभा सदस्य ढुंगेलको मंगलबार निधन भएको हो ।

मस्तिष्क घातका कारण बिरामी परेको ढुंगेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो । ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर–२ बाट निर्वाचित भएका थिए ।

ढुंगेलको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गर्नु गरेको छ । सभापति शेरबहादुर देउवाले निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्