Logo

गुठी संस्थान प्रमुख नै घुसमा तानिए



कखरा संवाददाता


२ पुस, काठमाडौं । अख्तियार दुरुपयने अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय प्रसाद रेग्मीले लिएको घुस रकमफिर्ता गरेको सूचनाका आधारमा पक्राउ गरेको छ ।

गुठी संस्थानमा चलिरहेको एउटा मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लेनदेन गरिसकेपछि पोल खुल्ने डरले रकम फिर्ता गरेको उजुरी अख्तियारमा परेको थियो ।

अख्तियार प्रवक्ता प्रदीवपकुमार कोइरालाका अनुसार दुवै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको र बुधबार अनुसन्धानका लागि विशेष अदालतमा उपस्थित गराइने भएको छ । अन्नपूर्णा पोष्ट्मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्