Logo

एउटै खेलमा सावित्राको ९ गोल, सिक्किम १८–० गोलले हार्‍यो



कखरा संवाददाता


१ पुस, काठमाडौं । प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा एपीएफकी सावित्रा भण्डारी एक्लैले नौ गोल गरेकी छन् । सावित्राको नौ गोलसहित सोमबार भएको खेलमा एपीएफले भारतको सिक्किमलाई १८–० गोलले हरायो ।

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सावित्रासँगै अनु लामाले चार गोल, अनिता बस्नेतले ह्याट्रिक र रेनुका नगरकोटीले दुई गोल गरेका थिए । पहिलो हाफमा १० गोल गरेको एपीएफले दोस्रो हाफमा आग गोल गरेको थियो ।

सोमबार नै भएको अकोृ खेलमा नेपाल पुलिस क्बललबे प्रदेश नम्बर २ लाई ३–० गोलले पराजित गर्यो । पुलिसको जितमा निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्