Logo

उपसचिवको कमाइ ५१ लाख सम्पत्ति साढे १० करोड !



कखरा संवाददाता


१ पुस, काठमाडौं । तातोपानी भन्सारका निर्वतमान प्रमुख कृष्णबहादुर बस्नेतको ३० वर्षको अवधिमा १० करोड ५६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ । उत्त अवधिमा तलबभत्ता र अन्य सुविधाबापत उनले प्राप्त गरेको रकम ५१ लाखमात्रै हो ।

आम्दानी र खर्चको अनुपात गणना गर्दा करिब ३५ लाख रुपैयाँ बचत गरेको उनको छोराछोरी पढाउन मात्रै झन्डै ८७ लाख रुपैयाँ खर्च गरेका छन् । ०४५ मंसिर २९ गतेदेखि लेखापाल भएका उनले आफ्नो आर्जनलाई बैध बनाउनकै लागि ०४४ फागनु १६देखि जागिर खाएको दाबी गरेका थिए ।

०५४ असोज ८ गते शाखा अधिकृत र ०६७ बैशाख ३ गतेदेखि उपसचिव भएका विभाग, भन्सार, राजस्व र कर कार्यालयमा काम गरेका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्