Logo

बाबु फरार, आमाको मृत्यु, ७ महिने शिशु अलपत्र



कखरा संवाददाता


१ पुस, काठमाडौं । ६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक फरार छन् । उनकी पत्नी सुनिताको दुर्घटनामा निधन भएको छ भने ७ महिने काखे शिशु (छोरा) खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा छन् । सिन्धुपाल्चोक जिल्ला इन्द्रवति गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र ७ महिने काखे शिशु ९छोरा० लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए ।

फर्कँदा सुमनले हाँकेको बा २ ख ४४६८ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा उनले पत्नी गुमाए । दुर्घटनामा निधन भएका १५ जना मध्ये उनी पत्नी सुनिता पनि थिइन् । घटना लगत्तैदेखि सुमन फरार छन् । उनीहरुको काखे शिशु खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा छन् ।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबारमात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्र्यालयका प्रमुख सई राजेश दाहालले भने । दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पताल लगिएको थियो । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्