Logo

टोनीको पोल्टोमा मिस वर्ल्डको उपाधि, अनुष्कालाई ‘ब्युटी विथ पर्पस’



कखरा संवाददाता


२९ मंसिर, एजेन्सी । यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहको पोल्टोमा परेको छ ।

मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै टोनी एन सिंहले प्रतियोगिताको शीर्ष स्थान हासिल गरेकी हुन् ।

शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

नेपालकी अनुष्का श्रेष्ठले ब्युटी विथ पर्पसको उपाधि हात पारेकी छन् । उनले यो उपाधि हात पारेसँगै मिस वर्ल्डको टीमले अनुष्काको प्रोजेक्टमा लगानी गर्ने भएको छ ।

उनी टप १२ मा परेकी छन् । यसअघि उनले ‘मल्टिमिडिया अवार्ड’ जितेकी थिइन्। गत वर्षकी मिस नेपाल श्रृंखला खतिवडाले पनि यी दुवै अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्