Logo

अक्षयकुमारले श्रीमती ट्वीङ्कललाई दिए अनौठो गिफ्ट–प्याजको इयररिङ



कखरा संवाददाता


२९ मंसिर, एजेन्सी । ट्वीङ्कल खन्ना समाजिक संजालमा निक्कै सक्रिय रहन्छिन् । उनी सामाजिक सञ्चालमा रोचक पोस्ट शेयर गरिरहेकी हुन्छिन् ।

हालै उनले आफ्ना पति अक्षयकुमारले दिएको एक अनौठो उपहारको तस्विर समाजिक संजाल इन्स्टाग्राममा शेयर गरिन् । त्यो थियो– प्याजको इयररिङ ।

भारत र त्यस वरपरका देशमा अहिले प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि मूल्य वृद्धि भएको हो । भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ भने नेपालमा पनि त्यसको असर देखिएको छ । यस्तोमा अक्षयले ट्वीङ्कललाई प्याजको इयररिङ गिफ्ट दिएका हुन् ।

ट्वीङ्कलले इयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,‘ मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको इयररिङ करिनालाई देखाउँदा धेरै प्रभावित भइनन् । मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।’

‘कयैन पटक साना र बचपना कुराले पनि मन छुन्छन् । बेस्ट प्रिजेन्ट अवार्ड, प्याजको ईयररिङ’ ट्वीङकलले अगाडि लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्