Logo

रक्सी बनाए १० हजार जरिवाना



कखरा संवाददाता


२९ मंसिर, काठमाडौं । भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई जरिवाना तोकेको हो । यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ ।

जाँड रक्सी खाएर युवाहरु बिग्रन थालेको भन्दै भेरी नगरपालिका ३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन् । सिद्दिगणेश टोल विकास समिति गठन गरेर उनीहरुले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन् ।

जाँडरक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्