Logo

कतार उडेका मोहम्मद आफताब अमेरिका !



कखरा संवाददाता


२९ मंसिर, काठमाडौं । घरको आर्थिक टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया– ७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए । स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको राहदानीमा पाँचवर्षे भिसा टाँसिएको थियो । ०७० माघ २६ गते कतार उडेका उनी पाँच वर्षपछि ०७५ माघ २८ मा स्वदेश फर्किए तर कतारबाट होइन अमेरिकाबाट । खाटी पुगेका मोहम्मद कसरी अमेरिका पुगे ? अमेरिका छिरेका उनी किन फर्किए ?

कतार अमेरिका यात्रामा के भयो ? यी प्रश्नका उत्तरले अमेरिका छिर्न हुटहुटीमा हन्डर, हिरासत र धोकाको हुन्डरीमा परेर घरखेत गुमाउन पुग्ने धेरै नेपालीको कथा बोल्छन् । पहिले उनकै कथा । कतारमा मोहम्मदको एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठिकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।

खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोध, तिमी कसरी पुग्यौ अमेरिका ? एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट । ’एजेन्टलेलाई नेपाली १४ लाख रुपैयाँ किस्ता किस्ता बुझाउने सहमति भएपछि उनको ब्राजिलको पर्यटक भिसा लाग्यो ।

ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा शुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरुलाई मानव तस्करले पानामा पुर्याउन डेरियन ग्याप भनिने जंगल बाटो पैदल हिँडाउँछन् । कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे । शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । वकिलले १० लाख रुपैयाँ नेपाली असुल्यो। तर सोचेअनुसार भएन । अन्ततः उनी देश निकाला (डिपोर्ट) मा परे । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्