२८ मंसिर, काठमाडौं । अर्कैको नाममा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा दिन आएका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रमा लिइएकाहरुमा सल्यान घरभई हाल धादिङ नौबिसे बस्ने २२ वर्षीय अनजन खत्रीसहित २ जना छन् । उनीहरुलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात कार्यालयमा धनकुटा घरभई ललितपुर झरुवारासी बस्ने ४७ वर्षीय जुन बहादुर लिम्बुको नाममा परीक्षा दिन आएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय ट्राफिक महाशाखाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत सातदोबाटोमा बुझाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।