Logo

चीनबाट आउन थालेपछि सस्तियो प्याज



कखरा संवाददाता


२८ मंसिर, काठमाडौं । उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।

गएको असोजमा भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट नेपालमा प्याज भित्र्याउँदै आएका थिए । गैरकानुनी रुपमा नेपाल प्याज पठाएको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन सकेको छैन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०/५० टन प्याज चीनबाट भीत्रीन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५/५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्