Logo

‘विद्युत खपत बढाउन सबै क्षेत्रमा विद्युतीकरण आवश्यक’



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने लगायत सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजार वृद्वि हुने बताउनुभएको हो ।

क्षेत्रीय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उहाँले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भइ छलफल जारी रहेको उल्लेख गर्नुभयो ।

नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको उहाँको भनाइ छ । माथिल्लो तामाकोशी सम्पन्न गरी छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको पवन्ध निर्देशक घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्