Logo

सम्मेलनमा ढिलो पुगेको भन्दै कुटिए पत्रकार



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक समूहले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई बिहीबार दिउँसो सार्वजनिक स्थलमै मरणासन्न हुने गरी कुटपिट गरेको छ ।

धरान– १२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेहरु ठगिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा काफ्ले ढिलो पुगेको भन्दै सांघातिक आक्रमण गरिएको थियो ।

आक्रमणबाट काफ्लेको नाक भाचिएको छ भने दाँया आँखामा गम्भीर चोट लागेको सिटी स्क्यानबाट देखिएको छ । घाइते काफ्लेको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्