Logo

दुई दिन वर्षा र हिमपात !



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात हुने जनाएको हो ।

महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ । बुलेटिनमा शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्