Logo

गृहमन्त्री थापा र नेपालका लागि बेलायतका राजदुतबीच भेटवार्ता



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गराउनुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त हुनुभएकोमा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगले निरन्तरा पाउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताउनुभयो ।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहास देखिनै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफूहरु कृतज्ञ रहेको बताउनुभयो । बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भईसकेको उहाँको भनाइ छ । भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्