२७ मंसिर, काठमाडौं । बिहीबार विभिन्न समुदायको चाडपर्व रहे पनि सावर्जनिक बिदा नरहेको तर धर्म संस्कृति मान्ने समुदायका लागि बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो, ‘बिहीबार कुनै पनि सार्वजनिक बिदा छैन, धर्म संस्कृतिअनुसार सम्बन्धित समुदायले बिदा पाउने छन् ।
बिहीबार नेवार समुदायको यःमरी पुन्ही (ज्यापु दिवस) र किराँत समुदायको उधौली पर्व परेका छन् । गोरखापत्र दैनिकले खबर छापेको छ । तर, प्रदेश १ सरकारले सार्वजनिक बिदा दिएको छ ।