Logo

सीडिओसामु रोए वडाध्यक्ष



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । ‘म जनताका लागि खटिरहेको छु, स्थानीय सरकार त भन्छन् तर मैले सरकारको अनुभूति जनतालाई गराउन सकिनँ । गाउँपालिकामा पुग्दा विपक्षीको व्यवहार गर्छन, कुनै कुरा सुनुवाइ हुँदैन,’ रामेछापको उमाकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष नुर्बु शेर्पा बुधबार भाषण गर्दागर्दै भक्कानिए ।

विकास निमार्णको अवस्था र नागरिकलाई परेको पिरमर्का बुझ्न उमाकुण्डको दुर्गम गाउँ गुम्देल पुगेकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेसामु गुनासा राख्ने क्रममा उनी रोएपछि एकछिन् त्यहाँको माहोल नै अर्का बन्यो ।

दुर्गमका नागरिकका लागि वडाले बनाए लगेको योजन माग्दा गाउँपालिकाले विपक्षीको व्यवहार गरेको ७४ वर्षीय वडाध्यक्ष शेर्पाको गुनासो थियो । उनले भने,‘विकासका कुरा राख्दा कांग्रेसको योजनाजसरी गाउँपालिकाले पन्छाउँछ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्