Logo

सुत्केरी अस्पतालमै ‘बन्धक’



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छिनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर¥याइएको थियो । नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन् ।

जुम्ल्याहामध्ये एकको अस्पतालमा मृत्यु भएपछि अर्को शिशुलाई डिस्चार्ज गरिएको छ । डिस्चार्ज शिशुको स्याहार अरुले गरिरहेका छन् । तर आमा भने विराटनगर अस्पतालमा बन्धक छिन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्