Logo

३९ हजार शिक्षक आवश्यक



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । सरकारी विद्यालयमा ३९ हजार शिक्षक अपुग छन् । अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान दिएर भएपनि पूर्ति गर्ने तयारी शिक्षा मन्त्रालयको छ । सरकारी विद्यालयमा अहिले एक लाख ५३ हजार ५ सय २३ शिक्षक कार्यरत छन् । तीमध्ये स्थायी एक लाख ११ हजार १ सय ४५ र राहत कोटाका ४२ हजार ३ सय ७८ जना छन् ।

मुलुकभर ३० हजारको हाराहारीमा सरकारी विद्यालय छन् । शिक्षा नियमावली अनुसार प्राथमिक तहसम्म सञ्चालन भएका विद्यालयमा न्यूनतम तीनजना शिक्षक दरबन्दी वितरण गर्नुपर्छ ।

निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयलाई क्रमशः न्यूनतम ४ र ६ वटा शिक्षक दरबन्दी वितरण गर्नुपर्ने शिक्षा मानव स्रोत विकास केन्द्रका सहायक महानिर्देशक इमानरायण श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्