Logo

अस्ट्रेलियाको मेलवर्नमा नेपाली युवा मृत फेला



कखरा संवाददाता


२५ मंसिर, सिड्नी । तनहुँ जिल्ला घर भई हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली युवा दीपेन्द्र खनाल मृत अवस्थामा फेला परेका छन् । गत डिसेम्बर २ तारिख सोमबारका दिन उनलाई आफ्नै घरको बाथरूममा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका खनालले त्यसको केही समयपछि प्रोटेक्सन भिसा अप्लाइ गरेको बुझिएको छ । हाल शव पोष्टमार्टमका लागि राखिएको र आवश्यक कानुनी प्रक्रिया सकिएपछि शव आफन्तको चाहनाअनुसार नेपाल पठाइनेछ ।

त्यसका लागि उनका साथीभाइले आन्तरिक रूपमा राहत संकलन अभियान पनि थालिसकेको बताइएको छ । गत सोमबार आफ्नै घरको बाथरूममा झुण्डिएको अवस्थामा भेटेपछि उनीसँगै बस्ने साथीहरूले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

केही समयदेखि परिवर्तित सामाजिक व्यवहार देखाएका खनाल एक्लै बस्न रुचाउने तथा अरूसँग त्यति घुलमिल हुन नखोज्ने गरेको पनि उनीसँग सम्पर्कमा रहेका साथीभाइले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्