Logo

माधव नेपाल र भारतीय राजदूतबीच भेट



कखरा संवाददाता


२४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए। भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो ।

दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीतिक तहबाट समाधानको पहल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्