२४ मंसिर, सप्तरी । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरा रहेको छ ।
किशोरीलाई बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते महराले बलात्कार गरी फरार भएको पीडितका बुवाको भनाइ छ ।
पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरिएको छ । आवश्यक कानुनी कारवाहीका लागि उनलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस