Logo

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै



कखरा संवाददाता


२४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाको दुई वर्षे पदवधि सकिन लागेका १९ सदस्यमध्ये १८ जनाको स्थानमा निर्वाचन आयोगले निर्वाचनको तयारी अघि बढाएको छ । आयोगले समयावधि सकिन करिब तीन महिना बाँकी रहँदा राष्ट्रिय सभामा रिक्त हुन आउने विभिन्न क्लस्टरका सदस्यको निर्वाचनका लागि तयारी अघि बढाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन एने–२०७५ मा कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्ने प्रावधान छ । कुल ५९ सदस्य रहेको राष्ट्रियसभामा विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गरेका एक तिहाइ अर्थात् १८ र राष्ट्रपति मनोनित एक जना गरी १९ सदस्यको समायावधि आगामी २० फागुनमा सकिँदै छ ।

आयोगले ४ असार २०७५ मा राष्ट्रिय सभाका ५९ सदस्यको कार्यकाल गोलाप्रथाद्वारा टुंगो लगाएकोमा १९ जनाले २ वर्ष २० जनाले ४ वर्ष र बाँकी २० जनाले ६ वर्ष समयावधि पाएका थिए । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्