Logo

छोरीका लागि बैंक खातामा मासिक ५ सय !



कखरा संवाददाता


२२ मंसिर, काठमाडौं । कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया शुरु गरेको छ । छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टी लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरुका लागि बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ । कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ ।

यस हिसाबले छोरी २० वर्ष पुग्दा १ लाख २० हजार पाँच सय रुपैयाँ जम्मा हुन आउँछ । कर्णालीमा उमेर नपुग्दै छोरीहरुको विवाह गराइदिने प्रचलन छ । सानै उमेरमा विवाह हुँदा छोरीहरुले पढ्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्