Logo

आज दिनभरको मौसम कस्तो?



कखरा संवाददाता


२० मंसिर, काठमाडौं । देशका पश्चिमी पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति भने देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको र यो क्रम जारी रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्