१९ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किँएको छ । काठमाडौंबाट नेपालगन्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किँएको हो ।
जहाज ल्याण्ड हुनेक्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताउनुभयो ।
जहाजमा ठोक्किँएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिनुभयो ।
मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्याण्ड हुँदै थियो त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडीको चक्कामा ठोकिँएको थियो । नेपाल समाचारपत्रले खबर छापेकाे छ ।