Logo

भलिबलमा भारतले जित्यो स्वर्ण, नेपाल ३–२ को सेटमा पराजित



कखरा संवाददाता


१८ मंसिर, काठमाडौं । नेपालले १३औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट चुकेको छ । मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा हराएको हो ।

पहिलो पटक सागमा फाइनलमा पुगेको महिला भलिबल टोलीको हौसला बढाउन उपपराष्टपति नन्दबहादुर पुन, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैं त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुगेका थिए । दर्शकहरुको पनि राम्रो समर्थन रहृयो ।

खेलको पहिलो सेट भारत २५–१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो । उसले २५–२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो । तर त्यो सेटमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन र १५–६ को हार व्यहोर्‍यो ।

यद्यपि रजत सागमा नेपालले महिला भलिबलमा पाएको सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले तीन पटक काश्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्