Logo

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार



कखरा संवाददाता


१८ मंसिर, काठमाडौं । कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरेको छ । मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीत भइ विभिन्न पाँचवटा क्षेत्रका लागि ३१ हजार २ सय एक नेपालीको माग आएको हो ।

नेपाल र मलेसिया सरकारबीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तासम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि १३ हजारभन्दा बढीको माग आएको हो । मलेसियासस्थित नेपाली दूतावासले मंगलबार पाँच वटा क्षेत्रका लागि आएका ३१ हजार २०१ युवाका लागि मागपत्र प्रमाणीत गरिएको जनाएको छ ।

‘२०१९ को अक्टोबर पहिलो हप्तादेखि मलेसिया सरकारले आधिकारिक निकायबाट प्रमाणीकरण भइ आएका मागपत्रहरु अभिलेखीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने कार्य भइआएको छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । कारोबार दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्