Logo

सरकारी जग्गा नछोडे डोजर चलाइने



कखरा संवाददाता


१८ मंसिर, काठमाडौं । सरकारले काठमाडौं, उपत्यकामा वर्षोै अघिदेखि अतिक्रमणमा परेका सरकारी तथा सावर्जनिक जग्गामाथिको अतिक्रमण हटाउने भएको छ । विभिन्न बहानामा सरकारी जग्गा हडप्नेहरु माथि समेत कारबाही गर्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकाभर सयौं रोपनी सरकारी जग्गा वर्षौ अघिदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका छन् । केही भू–माफियाले सरकारी जग्गा गरी प्लटिङ गरेर बिक्री वितरणसमेत गरिसकेको बताइएको छ ।

त्यस्ता जग्गाको समेत खोजी गरी फिर्ता गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्ययोजना नै बनाएर अतिक्रमण हटाउने तयारी थालेको हो । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्