Logo

प्याजको मूल्य घट्यो



कखरा संवाददाता


१८ मंसिर, काठमाडौं । दिनप्रतिदिन महँगिदै अभाव हुँदै आएको व्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य घट्न थालेको हो ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो ।

१ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँछ । भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको हो । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्