Logo

प्रचण्डले बोलाए सचिवालय बैठक, धुम्बाराहीमा बस्ने



कखरा संवाददाता


१८ मंसिर, काठमाडौं । नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो । ‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भने, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’

२०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गरेका थिएनन् । पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो । बैठक पार्टी कार्यालय धुम्बाराहीमै बस्नेछ।

प्रतिक्रिया दिनुहोस्