१७ मंसिर, काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको उपाधि अर्थात स्वर्ण पदकका लागि मंगलबार नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
महिला भलिबलको स्वर्ण पदकका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा नेपाल र भारतबिच खेल हुन लागेको हो । खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ ।
नेपाली टोलीलाई समूह चरणमा भारतसँग भोगेको पराजयको बदला लिने मौका पनि फाइनल खेल बनेको छ । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै भारतले माल्दिभ्सलाई पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।
यसअघि सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पराजित गरेर काश्य पदक जितेको छ ।