Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार



कखरा संवाददाता


१५ मंसिर, काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा शल्यक्रियाको पाँचौँ दिन अपेक्षित गतिमै सुधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले शनिबार ठोस् खाने कुरा खाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीले सघन उपचार कक्षभित्रै सामान्य हिँडडुल गर्नुभयो । सघन उपचार कक्षममै उपचार जारी रहेकाले आगन्तुकहरुको भेट भने नियन्त्रित नै रहेको छ । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्