Logo

सिमरन र निश्चल रनवे ड्रिम्स घोषित



कखरा संवाददाता


१५ मंसिर, काठमाडौं । मोडलिङ सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । ८ प्रतियोगिलाई पछि पार्दै केटी तर्फ सिमरन र १९ प्रतियोगिलाई पछि पर्दै केटा तर्फ निश्चल बिजेता घोषित भएका हुन् । कार्यक्रममा दुबै बिजेताले नगदसमेत गरेर एक लाख बराबरको बिभिन्न प्याकेज हात पारे ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार अबेर साँझ थापाथली स्थित ब्लुस्टार इभेन्टस्मा सम्पन्न प्रतियोगितामा केटी तर्फ दिब्या शाह फष्टरनरअप र रीना गर्सियता सेकेन्ड रनरअफ चुनिदा केटा तर्फ मनोज मान फष्टरनर अप र आभाष भट्टराई सेकेन्ड बन्न सफल भए ।

साजसज्जा सहितको रनवे मन्चमा फेसनमय बातावरमा आयोजित प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्यानहन्ट बिजेता धुर्व बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश अनर उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निणार्यक रहेका थिए ।

युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भबिश्यमा मोडलिङ र फेसनको जुनै पाटो पनि सक्षम रुपमा अगाडि बढाउन सक्ने बनाउदै उनीहरुको उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यका साथ प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’की सिइयो मन्जु ढकालले जानकारी दिइन् ।

डा।नविन शाह निर्देशक रहेको प्रतियोगितामा फोटो जेनिक दिब्या शाह, कृतज्ञ थापा, मोष्टपपुलर सुस्मा थापा, सरोज राई, बेष्टवाक रीना गर्सियत, मनोज मान, बेष्टफ्रेण्डसिप प्रशान्त शाह, बेष्टस्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेष्टइष्टाइलिस निश्चल न्यौपाने, रचना कार्की, बेष्टफिजिक सुनिल राई, सिमरन चौधरी, बेष्टट्यालेन्ट रोसन सुनाम, रन्जना कठायत, बेष्टफर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत घोषित भएका थिए ।

सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको संचालक तथा कोरियोग्राफर रोजिन शाक्य र ग्रुमर पर्सनालिटीमा थेन्दुप शेर्पा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्