Logo

उपनिर्वाचन हुने क्षेत्रमा ठूलो आवाजसहित बिस्फोट



कखरा संवाददाता


१४ मंसिर, काठमाडौं । वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो ।

शनिबार बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बिस्फोटबाट कुनै क्षति भने भएको छैन । कसले के बिस्फोट गराएको हो भन्ने खुलेको छैन। शनिबार घोराही १६ मा वडा अध्यक्षका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्