१३ मंसिर, बैतडी । उप निर्वाचनको तयारी अन्तिम चरणमा रहेका वेला बैतडीमा वडाअध्यक्षका उम्मेदवारमाथि आक्रमण भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ मा उप–निर्वाचनका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीमाथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यक्रताले आक्रमण गरेको प्रहरीले जनाएको छ । चुनावी प्रचार–प्रसारमा रहेका दुवै पार्टीका उम्मेदवार आमनेसाम्ने हुँदा भएको विवाद कुटाकुटमा परिणत हुँदा वडा अध्यक्षका उम्मेदवार घाइते भएका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।
नीहरुबीच वडाकै मटेला भन्ने स्थानमा कुटाकुट भएको हो । भट्ट समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।