१३ मंसिर, काठमाडौं । कञ्चनपुरमा एक समूहले मोटरसाइकल ओभरटेक गरेको निहँमा युवकलाई कुटपिट गरी हत्या गरेको छ ।
भीमदत्त नगरपालिका–१८ गौबरैयामा बिहीबार बिहान दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको हो ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा पर्छ । सडकको दायाँबायाँ घरहरु बाक्लै छन् ।
सडकमा मानिसहरु आवतजावत गरिरहेका समयमा मोटरसाइकलमा सवार बाबुछोरामाथि सांघातिक आक्रमण भएको हो । तर, कुटपिट गर्नेलाई छुट्याउन कोही पनि आएनन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।