Logo

‘छ माया छपक्कै’ डिश होमको सिनेमा घरमा



कखरा संवाददाता


१२ मंसिर, काठमाडौं । प्रचलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने छ ।

डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुविधा उपलब्ध गराइरहेको छ ।

पे पर भ्यु सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केही समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरुमा प्रदर्शन भएको थियो । नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्