Logo

रियल मड्रिडको महत्वपूर्ण र प्रभावशाली जित



कखरा संवाददाता


८ मंसिर, एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भएको थियो । यस्तै दोस्रो हाफमा रियल मड्रिडले दुई गोल थप गरेको हो ।

दोस्रो मिनेटमा नै विलिएन जोसेले गोल गर्दै रियल सोसिडाडले सुरुवाति अग्रता लियो । तर ३७ औँ मिनेटमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल गरे । ४७ औँ मिनेटमा फेडेरिको भाल्भेर्दे तथा ७४ औँ मिनेटमा लुका मोड्रिकले गोल गरेर टिमलाई जित दिलाए ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको १३ खेलबाट २८ अंक भएको छ । समान २८ अंक नै भए पनि बार्सिलोना भने शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्