Logo

अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. चुडाल



कखरा संवाददाता


८ मंसिर, जर्मनी । अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नेतृत्वमा डा। सरोज चुडाल चयन भएका छन् । चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै मञ्चको पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।

गत १७ नोभेम्बरमा साँस्कृतिक शहर ब्रेमेनमा भएको अधिवेशनले आगामी दुई वर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कालकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा. प्रविन प्रसाइ, बिकु अधिकारी, सरोज पन्त, छिरिगं शेर्पा लगायतको प्रस्तुति कार्यक्रममा थियो । विदेशी भूमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला सँस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सँस्कृति भुल्न नदिन अन्तर्राष्ट्रिय कलाकार मञ्चले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा. चुडालले बताए ।

गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्