Logo

१३ औँ साग पुरुष फुटबल : नेपाल र भारत बेग्लाबेग्लै समूहमा



कखरा संवाददाता


७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा साविक विजेता नेपाल र उपविजेता भारत बेग्ला बेग्लै समूहमा परेका छन् ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो चरणमा बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।समूह ‘बी’मा रहेको भारतले श्रीलंका र मालदिभ्ससँग खेल्ने छ ।

नेपालले गत संस्करणको फाइनलमा भारतलाई हराउँदै सागमा २३ वर्षपछि स्वर्ण पदक जितेको थियो । नेपालले हालसम्म साग फुटबलमा तीनपटक स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्