Logo

‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाकाे जाेडी



कखरा संवाददाता


१ मंसिर, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर– ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन् । चर्चित लभस्टोरी सेरिज ‘ए मेरो हजूर’ को चौथो श्रृंखलामा अब सुहाना थापासँग अनमोलको जोडी बाधिने भएको हो ।

शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अनमोल ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका हुन् ।

होम प्रोडक्सनको सिनेमामा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन्। यो चलचित्रलाई झरना थापाले निर्देशन र सुनिलकुमार थापाले निर्माण गर्नेछन्। अनमोल र सुहानाले यो भन्दा अगाडि ‘ए मेरो हजुर ३’ मा सँगै काम गरेका थिए। उनीहरुको कामलाई दर्शकले रुचाएका थिए। सुहानाले यही चलचित्रमार्फत डेव्यू गरेकी थिइन्।

‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका कारण दोस्रो पटक सहकार्य गरिएको निर्देशक थापाले बताइन् । म्युजिकल लभस्टोरी सिरिज ‘ए मेरो हजुर’ दर्शक माँझ लोकप्रिय भएको थियो ।

सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र होल्याण्डमा छायांकन हुने चलचित्रको कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्